२०८३ बैशाख १०, बिहिबार

फिल्म ‘पासो’ आगामी चैत्रमा रिलिज हुने

अभिनेत्री रीस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘पासो’ आगामी १८ चैत्र अर्थात अप्रिल १ तारिखबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बिहीबार फिल्मको पोष्टर फष्ट लुक्सको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति समेत बाहिर ल्याएको हो । फिल्म एकसाथ देशभर रिलिज हुने वितरकले बताएका छन् ।

सरु र प्रमिला नाम गरेका दुई साथी एक अपराधिक गिरोहद्वारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा फिल्म निर्माण भएको हो ।आर।बी पुनको निर्देशन रहेको फिल्ममा पुनकै कथा, पटकथा तथा संवाद रहेको छ । भगवान भुजेलले निर्माण गरेको फिल्म क्राइम र सर्भाइबल जनरामा निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माता रहेको फिल्ममा रीस्ताको अलवा सुनिसा बजगाईँ, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ ।सूर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन फिल्ममा छ । फिल्म जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछन् ।

प्रतिक्रिया लेख्नुहोस्