२०८३ बैशाख २७, आइतवार

महाधिवेशनमा नेपाललाई पार्टीको रूपमा निम्ता गर्न मिलेन: ओली

एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको १० महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन माधवकुमार नेपाललाई पार्टीको रूपमा निम्ता गर्न नसकिने बताएका छन् ।

एमालेले पार्टी अनुशासनको कारबाही गरेका नेता नेपालसहित पार्टी प्रतिनिधिको रूपमा महाधिवेशनमा बोलाउन नसकिने ओलीको भनाइ छ । गत २५ साउनमा आफ्नो सरकार ढाल्ने र देशका अहितमा काम गरेका हुनाले अनुशासानको कारबाही गरेकाले माधव नेपाललाई बोलाउन नसकिने ओलीले बताए ।

महाधिवेशनमा नेता नेपाललाई किन नबोलाउनुभएको भन्ने पत्रकारको प्रश्नको जवाफ दिने क्रममा उनले भने, नेपालले एमाले फुटाएको, अनुशासनहीन कार्य गरेको र पार्टी फुटाएर गएकाहरूको गुटलाई पार्टी मान्न सकिँदैन । गुटका नेतालाई पार्टीको हैसियतमा बोलाउन मिल्दैन ।’

प्रतिक्रिया लेख्नुहोस्