२०८३ जेष्ठ २, शनिबार

एमाले महाधिवेशनमा दुर्गा प्रसाईँद्वारा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

करिब एक महिना अघि औपचारिक रूपमा नेकपा एमाले प्रवेश गरेका व्यवसायी दुर्गा प्रसाईँले नेकपा एमालेको आसन्न १० औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

महाधिवेशनका लागि चितवन पुगेका प्रसाईँले आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषाणा गरेको केन्द्रबिन्दुलाई जानकारी दिए । उनले भने ‘एमालेको राजनीतिमा सक्रिय भएर लागि परेको छु । आज चितवनबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषण गरेको छु । र, यसमा विजयी हुन्छु भन्ने पनि मेरो विश्वास रहेको छ ।’

उनले गत कार्तिक ७ गते झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले नेताका रूपमा पहिलो भाषण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्