२०८३ बैशाख २१, सोमवार

माओवादी केन्द्रका सांसद विन्दमान विष्ट कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्रीमा नियुक्त

माओवादी केन्द्रका सांसद विन्दमान विष्ट कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन्।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले विष्टलाई मन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री विष्टले आजै साँझ साढे सात बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

मन्त्रालयको भागबन्डा नटुंग्याएसम्म विश्वासको मत नदिने समाजवादी र माओवादीको अडानपछि मुख्यमन्त्री शाहीले माओवादीबाट विष्टलाई मन्त्री नियुक्त गरेका हुन्।

प्रतिक्रिया लेख्नुहोस्