राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । पार्टीको निर्वाचन समितिका सदस्यका अनुसार अपराह्न ५ बजेसम्म दुई हजार ५ सय मत खसेको छ । शनिबार बिहानैदेखि मतदान हुने भनिए पनि ढिलो गरी मध्याह्न १२ बजेदेखि मात्र सुरु भएको थियो ।
काठमाडौंको भृकुटीमन्डपमा जारी महाधिवेशनमा कुल चार हजार ४ सय ६९ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ । राति १० बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । राति ११ बजेपछि मतगणना सुरु गरिने र करिब दुई घण्टामा मत परिणाम आउने निर्वाचन समिति सदस्यले जानकारी दिएका छन् । पार्टीको १ सय ९९ सदस्यीय कार्यसमिति बन्नेछ ।
जसमा अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री र केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । तीन उपाध्यक्ष, तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री र एक कोषाध्यक्ष अध्यक्षले मनोनयन गर्न पाउने विधानमा व्यवस्था छ ।







प्रतिक्रिया लेख्नुहोस्