प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पत्रकार डाकेर महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले बोलाएका सीमित पत्रकारबीच देउवाले १४औं महाधिवेशनमा पनि आफैँ सभापति लड्न लागेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।उनले भनेका थिए– यो मेरो अन्तिमपटक हो । मैले यहाँहरुबाट पनि अपेक्षा गरेको छु ।” सभापति देउवाले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका थिए ।
“महाधिवेशन प्रतिनिधिसँगै नजिकका नेता कार्यकर्ता आउनेछन्,” देउवाले भने, “सकेसम्म कमलाई बोलाउने प्रयास गरेका छौँ ।” देउवाले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने बताएका थिए ।“सत्ता गठबन्धन निर्वाचनसम्मै जान्छ,” उनको भनाइ थियो ।







प्रतिक्रिया लेख्नुहोस्