२०८३ बैशाख २१, सोमवार

महाधिवेशनको तयारीबारे छलफल गर्न देउवाले बोलाए बैठक

काँग्रेसको १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका छन् ।

महाधिवेशन तयारीका लागि गठन भएका विभिन्न विभागका प्रमुखहरुसँग देउवाले महाधिवेशनको तयारी, जानकारी तथा सुझाव लिन बैठक बोलाएका हुन् ।सभापति देउवाले त्यसका लागि ललितपुरस्थित पार्टी कार्यालय सानेपामा सोमबार दिउँसो साढे ४ बजे बैठक बोलाएको कार्यलय सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।

काँग्रेसको १४ महाधिवेशन अवको तीन दिनपछि अर्थात मंसिर २४ गते उद्घाटन हुँदैछ ।

प्रतिक्रिया लेख्नुहोस्