भोलि मंसिर २४ गते सुरु हुने १४औं महाधिवेशनमा आफ्ना पक्षबाट सभापति पदमा एक जना मात्र उम्मेदवार तय गर्ने विषयमा सहमति जुटाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज (बिहीबार) बिहानैदेखि बत्तीसपुतलीमा जारी छ।
बैठकमा सहभागी कानुनमन्त्री समेत रहेका कांग्रेस नेताले छलफल सकारात्मक रूपमा अघि बढेको जानकारी दिएका छन्।
बैठकबाट बाहिरिएका उनले भने, ‘एकल सभापतिको उम्मेदवार तय हुन्छ, छलफल जारी छ। सकरात्मक तरिकाले विषय अघि बढेको छ।’







प्रतिक्रिया लेख्नुहोस्