२०८३ बैशाख २१, सोमवार

सुरु भयो कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुुरु भएको छ । दिउँसो १ बजेबाट सुरु हुने पूर्व निर्धारित कार्यक्रम थियो ।

तर, महाधिवेशनको उद्घाटन सत्र सवा एक घण्टा ढिला सुरु भएको हो । भृकुटीमण्डमा सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्दैछन् ।

कार्यक्रममा नेकपा–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वप्रधानमन्त्री तथा नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत विभिन्न दलका नेताहरु उद्घाटन समारोहमा सहभागी छन् ।

प्रतिक्रिया लेख्नुहोस्