२०८३ बैशाख २१, सोमवार

हामी मिलेर नगए ओरालो यात्रा सुरु हुन्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिमा एक्लै हिँड्न खोज्नेहरूको ओरालो यात्रा सुरु हुने बताएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा शुक्रबार प्रचण्डले एक्लै हिँड्दा सफलता नमिल्ने भएकाले आफूहरू मिलेर जानुपर्ने बताएका छन् ।’कहिलेकाहीँ म सुन्छु, साथीहरू एक्लै हिँड्नुपर्छ भन्नुहुन्छ । होइन, एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौँ, हामी मिलेरै हिँड्ने हो ।

हामीले राजनीति प्रतिस्पर्धा गरेपनि प्रतिस्पर्धा भित्र पनि एकता खोजिराख्नुपर्छ । हामीले अहिले एकताबाट पाएको सफलता हो । एक्लै हिँड्ने अहंकार गर्नेको ओरालो यात्रा सुरु हुन्छ भन्ने नेपालको राजनीति इतिहासले देखाएको छ,’ उनले भने ।

प्रतिक्रिया लेख्नुहोस्