२०८३ बैशाख २१, सोमवार

अब म सभापतिमा चुनाव लड्दिनँ :रामचन्द्र पौडेल

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू अब सभापतिमा चुनाव नलड्ने बताएका छन् । आफ्नो समूहभित्र सभापतिको साझा उम्मेदवार तय हुन नसकेपछि पौडेलले आफू सभापतिको उम्मेदवार नबन्ने र कसैले साझा उम्मेदवार तयार गर्न सकेको खण्डमा सहयोग भर्ने गर्ने बताएका हुन् ।

पौडेल सके आफ्नै नाममा र त्यो नभए सभापतिका आकांक्षी नेताहरुमध्येबाट एक जना साझा उम्मेदवार तयार हुनुपर्ने पक्षमा थिए । तर सहमति बिनै प्रकाशमान सिंह सभापतिको दौडमा अघि सरेपछि निराश बनेका पौडेलले अब आफू सभापतिको रेशमा नरहेको बताएका हुन् । शनिबार बिहान पौडेल निवास बोहोराटारमा नेताहरु मिनेन्द्र रिजाल, अर्जुन नरसिंह केसी, बद्री पाण्डे, महेश आचार्य, गगन थापालगायत नेताहरु छलफलका लागि पुगेका थिए ।

सो क्रममा उनले आफूले सभापतिको चुनाव नलड्ने र कसैको नाममा सहमति जुटेको खण्डमा आफूले सहयोग गर्ने पौडेलले बताएका एक नेताले जानकारी दिए । पौडेल पक्षमा निरन्तर सहमतिका लागि प्रयास भएपनि सहमति जुटेको छैन । पौडेल पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंह ब्याक नहुँदा भद्रगोलको अवस्था आएको हो ।

प्रतिक्रिया लेख्नुहोस्