२०८३ असार ५, शुक्रबार

शेरबहादुर देउवाद्वारा सभापतिमा उमेदवारी दर्ता

नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले आगामी कार्यकालका लागि सभापतिमा उमेदवारी दिएका छन् ।

राष्ट्रियसभा गृह पुगेर उनले सभापतिमा मनोनयन दर्ता गराएका हुन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ता भइरहेको छ ।

सभापतिमा विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्