नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले आगामी कार्यकालका लागि सभापतिमा उमेदवारी दिएका छन् ।
राष्ट्रियसभा गृह पुगेर उनले सभापतिमा मनोनयन दर्ता गराएका हुन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ता भइरहेको छ ।
सभापतिमा विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराइसकेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्