२०८३ बैशाख ३, बिहिबार

‘विना फक्कैमा’ बोलको गीत सार्वजनिक

गायक विमल लामाको ‘विना फक्कैमा’ बोलको गीत सार्वजनिक भएको छ।

विनोद रसाइलीको शब्द तथा संगीत रहेको गीत दुई दिनअघि युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा अलिना गुरुङ र उदय थापाको अभिनय रहेको छ। जसको निर्देशन आशुतोष अधिकारीले गरेका हुन्।

​क्रेजी स्टुडियोमा रेकर्ड भएको गीतको भिडियो रविन्द्र बरालले छायांकन गरेका हुन् भने सम्पादन मन्दिल श्रेष्ठको हो।

प्रतिक्रिया लेख्नुहोस्