२०८३ बैशाख २१, सोमवार

ओलीको कटाक्ष – प्रचण्ड साम्राज्यवादको विकसित रूपबारे लेलिनभन्दा दुई स्टेप बढी जान्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ साम्राज्यवादको विकसित रूपबारे लेलिनभन्दा दुई स्टेप बढी जान्ने भएको भन्दै कटाक्ष गरेका छन् ।

बुधबार आयोजित मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उनले शेयर बजारका विषयमा प्रचण्डले नयाँ थेसिस ल्याएको भन्दै व्यंग्य पनि गरे । “प्रचण्डले शेयर बजारका सम्बन्धमा साम्राज्यवाद विकसित भयो भने शेयर बजार हुन्छ रे । साम्राज्यवादका विषयमा लेनिनभन्दा पनि दुई स्टेप बढ्ता जान्ने भएछन् ।

लेलिनले पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेर लेनिनले भनेका थिए । त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भएपछि शेयर पुँजीमा जान्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोकदिए । दुई दिनमा शेयर बजार धराधासी भयो ,” उनले भने । ओलीले अर्थतन्त्र मतलब नगरी शेयर कारोबारीले चन्दा नदिएपछि त्यस्तो भनेको भन्दै हुनसक्ने बताए ।

आफूहरूले त्यस्तो बोलेको भए सडक तात्ने र मिडियामा आगो बल्ने अवस्था आउने उनको भनाइ छ । शेयर बजारका विषयमा केही दिन अघि प्रचण्डले दिएको अभिव्यक्तिको चर्चा भएको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्