नेपालमा थप २८० जनामा कोरोना संक्रमण देखिएको छ।
देशभरि ११९९४ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालउका अनुसार पीसीआर परीक्षणबाट २५२ र एन्टिजेन परीक्षणबाट २८ जनामा संक्रमण देखिएको थियो। त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ सय संक्रमित कोरोनामुक्त भएका छन् भने थप ६ जना संक्रमितको मृत्यु भएको छ।
नेपालमा हालः ५ हजार ६३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्