२०८३ कार्तिक १०, सोमवार

२१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

यही कात्तिक १७ र १८ गतेबाट सरकारले सबै क्षेत्रका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ ।

सरकारले आर्थिक वर्ष २०८३–०८४ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकाले कात्तिकको १७ र १८ गते खुवाउने तयारी गरेको हो ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाले भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने जानकारी दिए ।

भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने भएको छ । भिटामिन ‘ए’ सबै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्