२०८३ कार्तिक १०, सोमवार

आजबाट सुरु हुने एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेन शाहले गर्ने

आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन प्रधानमन्त्री वालेन शाहले गर्ने भएका छन्। त्रिवि क्रिकेट मैदानमा आज ५ बजेबाट एनपीएलका खेलहरु सुरु हुँदैछन्।

आजै प्रधानमन्त्री शाहले नेपाली क्रिकेटलाई शुभकामना पनि दिएका थिए। करिब एक महिनासम्म चल्ने प्रतियोगिताका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले व्यापक परिवर्तन ल्याएको छ। पहिलो पटक डीआरएस प्रणाली लागू गरिएको छ। यस्तै, विदेशी स्टार खेलाडीहरूको आगमनले प्रतियोगितालाई थप स्तरीय बनाएको छ भने प्रतियोगितामा आठ टोली सहभागी छन्।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा आज अपराह्न ५ बजे एनपीएल सुरु हुँदैछ । उद्घाटन खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टिम क्रमशः साविक विजेता र उपविजेता हुन् ।

प्रतिक्रिया लेख्नुहोस्