२०८३ बैशाख १३, आइतवार

साताको तेस्रो दिन घट्यो सुनको मूल्य

साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएकोमा आज २०० रूपैयाँ घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएकोमा आज १ हजार २६० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्