२०८३ जेष्ठ १, शुक्रबार

सांस्कृतिक रुपान्तरण जरुरी छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांस्कृतिक रुपान्तरण जरुरी रहेको बताएका छन् । त्यसका लागि उनले पार्टीका समग्र नेता कार्यकर्ताको जीवनशैलीदेखि लुवाइखुवाई, कमिशन, भ्रष्टाचार र यौन अनैतिकता त्याग्न जरुरी रहेको बताएका छन् ।

साथै उनले पार्टी, पार्टीका जनवर्गीय संगठनहरु उत्पादन र विकास निर्माणमा सहभागी हुनुपर्ने तथा शिक्षा, स्वास्थ्य र समाजिक सुरक्षालाई सुधार गरेरमात्रै समाजवादको आधार तयार हुने बताएका छन् । पार्टीको जारी ८ औं महाधिवेशनमा प्रचण्डले पेश गरेको ‘२१ औं सताव्दीमा नेपाली समाजवादको बाटो’नामक राजनीतिक प्रतिवेदनमा पार्टीले अवलम्बन गर्नुपर्ने तात्कालिन नीति, योजना र कार्यक्रमबारे बुँदागत रुपमा खुलाएका हुन् ।

समायोजनको रणनीति र समाजवाद उन्मुख सम्मृद्धिको कार्यनीति अन्तर्गत जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माण गर्न मुख्यगरी सात वटा काम गर्नुपर्ने प्रचण्डको दस्तावेजमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्