२०८३ बैशाख १३, आइतवार

२४ घण्टामा २ सय २० जनामा कोरोना संक्रमण हुँदा २ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा दुई जना संक्रमितको मृत्यु भएको छ भने २ सय ५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ४ सय ३५ र एन्टिजेन विधिबाट १ हजार १ सय ७५ जनामा परिक्षण गरिएको थियो ।

हाल कोरोना निको हुने दर ९८ प्रतिशत रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय १० रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्