नेपालमा पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ६ सय ३१ जनाको स्वाब परीक्षण गर्दा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार २० हजार ९ सय ५९ जनाको स्वाब परीक्षण गर्दा ३ सय ८२ जनामा कोरोना पुष्टि भएको थियो। आज संक्रमण देखिकामध्ये पाँच हजार ९ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा २ सय १३ जनामा र एक हजार ६ सय ६९ जनाको एन्टिजन परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको हो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९६ पुगेको छ। त्यस्तै, कोरोनाबाट २ सय ९ जना निको भएका छन्।
योसँगै निको हुनेको संख्या पनि आठ लाख १२ हजार ४ सय १९ पुगेको छ। आज देशभर एक लाख ३३ हजार ८ सय १२ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ। योसँगै पहिलो डोज लगाउनको संख्या एक करोड ४१ लाख १८ हजार २७ पुगेको छ। अहिलेसम्म एक करोड चार लाख ९६ हजार ४ सय १ जनाले पूर्ण खोप पाइसकेका छन्।







प्रतिक्रिया लेख्नुहोस्