नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ४० जना संक्रमित थपिएका छन् । यो अवधिमा कुल १२ सय ९९ जनाको परीक्षण गरिएको थियो ।
जसअन्तर्गत ७२ सय ९ जनाको पीसीआर गर्दा ४ सय ७८ तथा ४८ सय ९० जनाको एन्टीजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा एक जना संक्रमितको दुखद निधन भएको छ । यो अवधिमा १ लाख २० हजार ६ सय ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
यसैबीच, अहिले नेपालमा कुल सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३१ पुगेको समेत मन्त्रालयले जानकारी दिएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्