२०८३ बैशाख २, बुधबार

‘यो जीवन मिठो’ बोलको गीतको भिडियो सार्वजनिक

गायक कृष्ण काफ्ले र गायिका रिता केसीको स्वरमा रहेको गीत ‘यो जीवन मिठो’को सार्वजनिक भएको छ । गीतमा सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत र मनोहर सुनामको संगीत संयोजन छ ।

भिडियो सम्राट क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । अमेरिकाको ल्याक्जिङटन शहरका आसपासमा छायांकन गरिएको भिडियोमा भुवन लोहनी र अञ्जली दियाली फिचर्ड छन् ।

सुमन दाहाल निर्देशित भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन, अक्की शर्माको छायांकन र रेनिस फागोको रंग संयोजन छ ।

 

प्रतिक्रिया लेख्नुहोस्