२०८३ असार २०, शनिबार

फेरि माघ ३ गतेसम्मका लागि सर्‍यो राष्ट्रिय सभाको बैठक

राष्ट्रिय सभाको बैठक पुन सरेको छ । पुस २७ गतेका लागि आह्वान गरिएको बैठक माघ ३ गतेसम्मका लागि स्थगित गरिएको सूचना संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेका छन् ।

महासचिव गौतमले आइतबार सूचना जारी गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक माघ ३ गते दिउँसो १ बजे बस्नेगरी निर्धारण गरिएको जानकारी गरेका छन् ।विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकालेु अर्को मिति तय गरिएको सूचनामा उल्लेख छ ।

यसअघि पुस २५ गतेका लागि तय गरिएको बैठक एमालेको आग्रहमा २७ गतेसम्मका लागि स्थगित गरिएको थियो । २७ गतेको बैठक कुन विशेष कारणवश स्थगित गरिएको हो भन्नेबारे संसद् सचिवालयका अधिकारीले बताउन चाहेनन् ।

 

 

 

प्रतिक्रिया लेख्नुहोस्