२०८३ कार्तिक ११, मङ्लबार

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ नको चुनौती दिएको छ । चितवनले तीन विकेटको क्षतिमा १५७ रन बनाएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले टस जितेर बलिङ रोजेपछि चितवन राइनोजले पहिले ब्याटिङ गरेको हो।

विराटनगरका लागि आन्द्रे रसेल, एन्जेलो म्याथ्यूज र चरित असालंकाले एकएक विकेट हात पारे ।

 

चितवनका लागि डेबिड मलानले सर्वाधिक ७० रन बनाए ।

प्रतिक्रिया लेख्नुहोस्