नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४ सय ९८ जनाको पीसीआर परीक्षणमा २ हजार ९ सय २२ र ४ हजार ५ सय ८३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ सय ३१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ सय ७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब ९ रहेको छ ।







प्रतिक्रिया लेख्नुहोस्