२०८३ बैशाख १६, बुधबार

साताको पहिलो दिन घट्यो सुनचाँदीको मूल्य

आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला ३ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घट्न पुगेको हो ।

महासंघका अनुसार घटेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ र चाँदी एक हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन ९२ हजार ७ सय रुपैयाँ र चाँदी एक हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यता आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै घट्दै ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्