२०८३ अशोज ७, बुधबार

एशियाली खेलकुदमा टेबल टेनिसको मिक्स डबल्समा ​​​​​​रुबिन र इभाना पराजित

जापानमा जारी २०औं एशियाली खेलकुद अन्तर्गत टेबल टेनिसतर्फ मिक्स डबल्समा नेपालका रुबिन महर्जन र इभाना थापाको जोडी पराजित भएको छ ।

राउन्ड अफ ३२ अन्तर्गत नेपालका रुबिन र इभाना हङकङसँग ३-० को सेटमा पराजित भएका हुन् ।

हङकङका तो क्वान इयू र लाम विङ एजीको जोडीसँग इभाना र रुबिन ११–२, ११–६ र ११–७ ले पराजित भएका हुन् । पहिलो खेलमा रुबिन र इभानाले पाकिस्तानलाई हराउँदै राउन्ड अफ ३२ मा स्थान बनाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्