मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ । वीरगन्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै आन्दोलनकारीको एक समूहले मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुङ्गा प्रहार गरेको हो ।
प्रदेशको राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै काँग्रेसको वीरगञ्ज महानगर समितिले निकालेको जुलुसले ढुङ्गा प्रहार गरेको र मुख्य राउतको घरको सिसा फुटेको जानकारी दिइएको छ ।
पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकले जुलसमा गएकामध्येका एक युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेको झ्यालमा सामान्य क्षति भएको बताएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्