२०८३ बैशाख २, बुधबार

गीत ‘मनैभरी’को म्युजिक भिडियो सार्वजनिक

गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत ‘मनैभरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक जंगमको संगीत र अजर जंगमको स्वर छ ।

किरण कँडेलको संगीत संयोजन रहेको गीत प्रज्ञा साउन्ड रेकर्डिङ स्टुडियोमा शम्भु तण्डुकारले रेकर्डिङ, मिक्सिङ गरेका हुन् । शान थापाले निर्देशन गरेको भिडियोमा संगीतकार दीपक जंगम, गीतकार तारा अधिकारी र गायक अजर जंगम फिचर्ड छन् । भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

गीतको भिडियो सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलमा अपलोड गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्