बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढ्दै ९४ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रुपैयाँले नै बढ्दै ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तर, यता चाँदीको मूल्य भने आज स्थिर रहँदै गत मंगलबारकै मूल्य प्रतितोला एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।






प्रतिक्रिया लेख्नुहोस्