कोरोना महामारीमा पनि गीत संगीतको रिलिज रोकिएको छैन । यसै क्रममा नयाँ गजल ‘तिम्रो याद…’ सार्वजनिक भएको छ । गायक सानु बाबु महर्जनको स्वर रहेको गीतमा जुगल डंगोलले संगीत दिएका छन् ।
डब्बु क्षत्रीको शब्द रहेको गजलमा प्रेमीको प्रेमीकाको बिषयमा ब्यक्त गरेको प्रेम छ । म्युजिक भिडियो पनि क्षेत्रीले नै निर्देशन र सम्पादन गरेका हुन् । गजलको भिडियोमा निश्चल बिक्रम पौडेल र सृष्टी कडरीयाको अभिनय छ । मिलन शंकरको छायांकन रहेको भिडियामा सुवास बुढाथोकीको कोरियोग्राफी र वीरेन्द्र भाट ‘बिपिन को रंग संयोजन रहेको छ ।
भिडियो पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको हो ।







प्रतिक्रिया लेख्नुहोस्