२०८३ असार २०, शनिबार

मन्त्रीको बाटो छेकेर अनेरास्ववियुले देखायो कालो झण्डा

नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले ललितपुरको पुल्चोकमा एक मन्त्रीलाई घेरा हालेर कालो झण्डा देखाएका छन् ।

सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की चढेको गाडीको बाटो छेकेर कालो झण्डा देखाएको अनेरास्ववियुकी केन्द्रीय अध्यक्षले जानकारी दिएकी छन् । उनीहरुले मुर्दावादको नारा लगाउँदै प्रदर्शन गरेका थिए । एकछिनपछि मात्र प्रहरी आएर उनीहरुलाई हटाएपछि मन्त्री कार्की गन्तव्यमा लागेका थिए ।अनेरास्ववियुकी केन्द्रीय अध्यक्षले केन्द्रीय कमिटीको योजना अनुसार नै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीलाई कालो झण्डा देखाएको बताएकी छन् ।

‘स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको छ, त्यसैले केन्द्रीय कमिटीको योजना अनुसार नै कालो झण्डा देखाएका हौं,’ उनले भनिन् । उनका अनुसार मन्त्री कार्की मन्त्री निवासबाट सिंहदरबारतर्फ गइरहेको बेला कालो झण्डा देखाइएको हो ।

प्रतिक्रिया लेख्नुहोस्