२०८३ कार्तिक १२, बुधबार

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ, ओलीले गराए शपथग्रहण

नेकपा एमालेका मनोनीत तीन जना केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन्। बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ गराएका हुन्।

गत असोज पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।

उक्त बैठकबाट मनोनीत भएका अन्य केन्द्रीय सदस्यले यसअघि नै शपथ ग्रहण गरिसकेका छन्। शपथ लिन बाँकी रहेका तीन सदस्यले बुधबार शपथ लिएसँगै उनीहरूको औपचारिक जिम्मेवारी अघि बढेको छ।

प्रतिक्रिया लेख्नुहोस्