प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री देउवाले परियारलाई प्रेस प्रमुखमा नियुक्त गर्नुभएको उनको सचिवालयले जनाएको छ । परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहनुभएका बेला प्रेस संयोजक भएर काम गरेका थिए ।
गत असारमा पाँच दलीय गठबन्धनको सरकार गठन भएपछिदेखि नै परियारले प्रधानमन्त्री देउवाको प्रेस सहयोगीका रुपमा काम गर्दै आएका थिए ।







प्रतिक्रिया लेख्नुहोस्