माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।
आइतबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले एमसीसीबारे उक्त निर्णय गरेको सहरी विकास मन्त्री समेत रहेकी नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । उनले अहिलेसम्म गरेका प्रयासहरू अनुसार उक्त निर्णयमा पार्टी पुगेको पनि बताइन् ।
बैठकपछि गंगालाल तुलाधरले व्याख्यात्मक घोषणा एमसीसीको अङ्ग नै हुनेगरी त्यसको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए । उनले अमेरिकाले अस्वीकार गरे सो घोषणा एमसीसीको अंग नबन्ने र त्यो विषय पाँच दलीय बैठकमा समेत छलफल भएको बताए ।







प्रतिक्रिया लेख्नुहोस्