२०८३ बैशाख १८, शुक्रबार

पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण, २ को मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमितको संख्या १०० भन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार ९१ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका पछिल्लो २४ घण्टामा जम्मा ४ हजार ९२९ जनामा परीक्षण भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा ५३८ जना निको हुँदा २ जनाको भने मृत्यु भएको छ । यससँगै देशभर हाल ६ हजार ४६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्