२०८३ बैशाख १७, बिहिबार

बढ्यो सुनचाँदीको मूल्य

सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार सुन तोलाको एक लाख एक सय रुपैयाँमा कारोबार भएको थियो ।मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय निर्धारण भएको छ ।

चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्