२०८३ असार २१, आइतवार

सत्ता गठबन्धनको बैठक सर्‍यो

स्थानीय तह निर्वाचनको तालमेल टुंग्याउन भनेर मंगलबार बिहान बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक दिउँसो दुई बजेलाई सारिएको छ ।

यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन सकेको थिएन । बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ ।

गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्