नेपाली काँग्रेसले तीन महानरपालिका उपमेयरका उम्मेदवार टुंग्याएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस केन्द्रीय संसदीय समिति बैठकले टुंग्याएको हो ।
काँग्रेसले भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाएको काँग्रेसका एक पदाधिकारीले बताएका छन् । काँग्रेस नगर समितिका सभापति अधिकारीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।
यस्तै पोखरा महानरपालिकाको उपमेयरमा सुरेन्द्रमान विजुक्छेले टिकट पाएका छन् भने विरगञ्ज उपप्रमुखमा काँग्रेसले इम्तियाज आलम उपमेयरको उम्मेदवार बनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्