२०८३ असार ५, शुक्रबार

थप ११ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८९१ जनामा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २५२ जना संक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १२ लाख ३ हजार ५९० जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्