नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले मार्गदर्शन गरेबमोजिम अगाडि बढ्नु अनिवार्य रहेको बताएका छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधिसभा बैठकमा उनले संविधान बमोजिम अगाडि बढ्न नसके इतिहासमा पछाडि छोडिँदै जाने पनि जिकिर गरे । ‘संविधानले मार्गदर्शन गरेबमोजिम अगाडि बढ्नु अनिवार्य छ,’ खनालले भने, ‘यदि त्यो ढंगले अगाडि बढ्न सकेनौं भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौं ।’
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता समेत रहेका खनालले राजनीतिक दलहरु संविधान बमोजिम अगाडि नबढे ‘बालेन’ हरु जन्मिने पनि बताए । ‘बालेन’ हरु जन्मिए राजनीतिक दलहरूको अस्तित्व र उपादेयिता पनि समाप्त हुने उनको भनाइ थियो । ‘र, धेरै बालेनहरु अनि जन्मिने छन् । बालेनहरुले राज्य गर्ने छन्,’ खनालले भने, ‘पोलिटिकल पार्टीको अस्तित्व र उपादेयिता समाप्त हुँदै जानेछ ।’







प्रतिक्रिया लेख्नुहोस्