नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट मन्त्री फेर्ने भएको छ । सचिवालय बैठकबाट सिनर्णय गरेर नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री फेर्न लागेको जानकारी प्रधानमन्त्री शेरवहादुर देउवालाइ समेत गराईसकेको छ । प्रधानमन्त्रीलाइृ नयाँ मनत्रीहरुको नाम समेत नेकपा एककिृत समाजवादीले पठाईसकेको छ ।
स्रोतका अनुसार, अहिले राज्यमन्त्री रहेका भवानी खापुङबाहेक सवै मन्त्रीहरु फिर्ता हुनेछन् । राज्यमन्त्री खापुङलाई भने स्वास्थ्य मन्त्रीका रुपमा बढुवा गरिनेछ । अन्यमन्त्रीहरुमा पर्यटनमा जीवनराम श्रेष्ठ, शहरीमा मेटमणि चौधरी, श्रममा शेरवहादुर कुंबर मन्त्री हुनेछन् । यो नाम बालुवाटारमा पठाईसकिएको ती नेताले जानकारी दिए । हिराचन्द्र केसी लाई भने राज्यमन्त्री बनाइनेछ ।
एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।







प्रतिक्रिया लेख्नुहोस्