२०८३ असार २१, आइतवार

प्रधानमन्त्री देउवाले किन बालुवाटार बोलाए मेयर साहलाई?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्री देउवा र मेयर बालेन्द्रबीच सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवाले काठमाडौंको फोहर व्यवस्थापनको बिषयमा सोधपुछको लागि बालेन्द्रलाई बालुवाटार बोलाएका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधानको लागि सरकारको साथ रहने बताए । उनले बन्चरेडाँडाका स्थानीयवासी र जनप्रतिनिधिसँग फोहर व्यवस्थापनको बिषयमा छलफल गरेर अघि बढ्न सुझााव दिएको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्