२०८३ बैशाख १८, शुक्रबार

नेपाल एयरलाइन्सका महाप्रवन्धक ज्वारचन

काठमाडौं । नेपाल एयरलाइन्सका नवनियुक्त महाप्रवन्धक दीप ज्वारचनले पदभार ग्रहण  गरेका छन् ।

मन्त्रिपरिषद् ६ असारको  बैठकले ज्वारचनलाई महाप्रवन्धकमा अस्थायी नियुक्ति दिएको पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले बिहीबार हस्तान्तरण गरेको थियो । पदभार ग्रहण गर्दै ज्वारचनले सबैबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेका छन् ।

उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना ल्याउने बताए । यसको कार्यान्वयन गर्न रणनीति तथा कार्ययोजना बनाएर सबैको साथ लिएर अगाडि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्