२०८३ बैशाख १४, सोमवार

गोली देखाई छिमेकी तर्साउने एक जना प’क्राउ

सूर्योदय नगरपालिका–९ ढोडे बस्ने ३५ वर्षीय जिवन राईलाई ७ राउण्ड गोलीसहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

राईले राइफलको गोली देखाई घर छरछिमेकीलाई समेत डर-धम्की दिने गरेको भन्ने उजुरी परेपछि प्रहरीले उनको घरको तलासी लिएको थियो । प्रहरीले चौकी फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको र्‍याकको घर्रामा लुकाई राखेको अवस्थामा उक्त गोली बरामद गरी उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्