२०८३ असार २१, आइतवार

अर्थमन्त्रीमाथि छानविनका लागि संसदीय समिति बनाउन सर्वदलीय बैठक जारी

प्रमुख प्रतिपक्षी दल एमालेको माग अनुसार अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति बनाउनेबारे सर्वदलीय छलफल भइरहेको छ ।

बुधबार सत्तापक्ष र प्रतिपक्षी दलहरु समेत सहभागी भएको सो बैठकमा छानविन समिति कति जना सदस्य रहने कस्तो बनाउने भन्नेबारे छलफल भइरहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले बिहानदेखि पाटीभित्र आन्तरिक छलफल तथा सर्वदलीय छलफल भइरहेको जानकारी दिए । एमालेले अर्थ मन्त्रालयको असार १४ गते रातीको सीसीटीभी फुटेज जाँच गर्न माग गर्दै आएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभामा अर्थमन्त्रीले बोल्ने भनेपनि एमालेले सभामा अवरोध गर्ने बताएको थियो । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रमुख सचेतक लगायतसँग परामर्श गरेका थिए । दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन ।

 

प्रतिक्रिया लेख्नुहोस्