नेकपा एमालेले भोलि हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । ‘उपसभामुखमा विद्या कमरेडलाई उम्मेदवार बनाउने सिफारिस गरेको छ’, नेम्वाङको भनाइ छ । यसअघि लोसपाले उम्मेदवारी दिने हुँदा एमाले उम्मेदवारी नदिने पक्षमा रहेपनि लोसपाले उम्मेदवारी नदिने भएपछि भट्टराईलाई अघि सारेको हो ।
उपसभामुख पदका लागि भट्टराईले असन्तुष्टि जनाउँदै उम्मेदवारी नदिने बताएकी थिइन् । उनलाई नेताहरुले अन्तिम समयमा मनाएका थिए ।







प्रतिक्रिया लेख्नुहोस्