२०८३ बैशाख ११, शुक्रबार

१३ वर्षीया बालिका बलात्कृत

कास्कीमा एक जना १३ वर्षीया बालिकालाई बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका–१३ बस्ने पर्वत कुश्मा नगरपालिका–६ घर भएका २४ वर्षीय खिम बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । बिकले ती बालिकालाई ललाइफकाइ शुक्रबार राति सोही महानगरपालिका–५ लब्लीडाँडामा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्